नेपालको प्रदेश नं. २ सप्तरी जिल्ला मा अवस्थित त्रियुगा सहकारी संस्था सप्तरी जिल्लाकै एक उदाहरणीय सहकारी हो । वि.सं. २०२९ सालमा २५ जनाको समूहबाट रु. ५१।– रुपैयाका दरले संकलन गरि साझा संस्थाको नाम बाट बचतको थालनि गरेतापनि । यस सहकारी पछि २०३३ असोज २८ मा सहकारी विभागमा विधिवतरुपमा त्रियूगा साझा संस्थाको नाममा दर्ता भएको थियो । उदयपुर र सप्तरी जिल्लालाई छुट्याउने सिमानाकोरुपमा रहेको त्रियुगा खोला को नाममानै यस सहकारीको नाम राखिएको हो । यस सहकारीको कुल पुँजी रु १,०५,४९,३६,८८९ रहेको छ भने ऋण लगानीमा पनि रु ६०,७०,९३,६७७ रहेको छ । त्यस्तैगरि जगेडाकोषमा रु ५,११,६७,७५९ रहेको छ भने अन्य कोषमा रु ७,८०,९६,३७७ रहि अन्तिम आ.व.२०८२/०८३ मा एक करोड तिरहतर लाख फाईदा गरी शेयर सदस्यहरुलाई लाभान्स वितरण गर्न सफल भएको छ । सदस्य महानुभावहरुले बिस्वास गरेर मलाई संस्थाको अध्यक्ष्य जस्तो गरिमामय पदमा चुन्नू भएकोमा उहाँहरु प्रति हार्दिक आभारी छू | यस अवसरलाई शिरोपर गर्दै संस्थाको हितमा सदैव लागी पर्ने प्रतिवद्दता व्यक्त गर्न चाहन्छु |