About Us
नेपालको प्रदेश नं. २ सप्तरी जिल्ला मा अवस्थित त्रियुगा सहकारी संस्था सप्तरी जिल्लाकै एक उदाहरणीय सहकारी हो । वि.सं. २०२९ सालमा २५ जनाको समूहबाट रु. ५१।– रुपैयाका दरले संकलन गरि साझा संस्थाको नाम बाट बचतको थालनि गरेतापनि । यस सहकारी पछि २०३३ असोज २८ मा सहकारी विभागमा विधिवतरुपमा त्रियूगा साझा संस्थाको नाममा दर्ता भएको थियो । उदयपुर र सप्तरी जिल्लालाई छुट्याउने सिमानाकोरुपमा रहेको त्रियुगा खोला को नाममानै यस सहकारीको नाम राखिएको हो । दर्ता पश्चात झन आफुलाई गतिशिलरुपमा अगाडी बढाउँदै स्थानीयको मन जित्न सफल मात्र भएन ५ जनाको समुह बाट सुरु गरेको यस सहकारीको आज २९०० शेयेर सदस्य भएको छ । यस सहकारीको कुल पुँजी रु ४७,२०,७२,९१८ रहेको छ भने ऋण लगानीमा पनि रु ३५,९९,७७,०१० रहेको छ । त्यस्तैगरि जगेडाकोषमा रु १,६६,४७,९८६।– रहेको छ भने अन्य कोषमा रु ३,७०,८१,८९५।– रहि अन्तिम आ.व.२०७६/०७७ मा एक करोड दश लाख फाईदा गरी शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभान्स वितरण गर्न सफल भएको छ । ९ जनाको संचालक समिती जसमा ६ जना पुरुष र ३ जना महिला रहेका छन् । ९ जनाकै सल्लाहाकार समिती सदस्य , ३ जनाको बिमा उप समिती त्यस्तैगरि ३ जनाको खरिद विक्री उप समिती तिनै जनाको क्रृण वितरण उपसमिती रहेको छ । संस्था संचालनमा ३१ जना कर्मचारी रहेको यस संस्थाको कार्यक्षेत्र सप्तकोशी नगरपालिका र कंचनरुप नगरपालिका रहेको छ । संस्थाका पायक पर्ने ठाउँहरु घोघनपुर, बलार्दह, भगनी र फत्तेपुर गरि चार ठाउँमा सेवा केन्द्र रहेको छ । आफ्ना शेयर सदस्यहरुका निम्ती धेरै प्रभावकारी काम गर्न सकियोस भनेर यस सहकारीेले कृषकहित कोष , दुग्ध विकाश कोष शेयर लाभासं जस्ता कोषहरु पनि खडा गरेको छ । वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्ने सदस्यहरुको जायज कुरालाई अगिंकार गर्दै आफूलाई निकै पारदर्शी पनि बनाएको छ । गतिशिल ,सेवामुखि ,पारदर्शिता, प्रभावकारी योजना र सफल कार्यन्वयन यस सहकारीको विशेषता हो । त्यसैले त आर्थिक बर्ष २०७३/०७४ मा आन्तरिक राजश्व कार्यलय सप्तरीबाट जिल्लाकै धेरै कर तिर्ने संस्थाबाट सम्मानित भएको छ । यतिमात्र हैन राष्ट्रिय सहकारी बैंक लिमीटेडको १५ औं बार्षिक साधारण सभाको अवसर पारि यस सहकारीलाई सहकारी विकाश प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको मुल्यांकन गर्दै उत्कृष्ट प्रादेशिक सदस्य पुरस्कार बाट सम्मान समेत पाएको छ । यी त केही दृष्टान्त मात्रै हुन यस्ता धेरै सम्मान पाएको यस सहकारीले कैयौं स्थानीय स्तरका सम्मान पनि पाएको छ ।
यस सहकारीले विभिन्न शिर्षकमा वचतका प्रकारहरु संंचालनमा ल्याएको छ ।
- १ ) साधारण वचत खाता: यस वचत खातामा वचतकर्ताहरुले आवश्यक परेको बेलामा यस सहकारी खुल्ने समयावधि भित्र कुनै पनि समयमा आफ्नो रकम निकाल्न सक्नुहुनेछ । उक्त बचतमा ७% व्याज दिने गरेको छ । र यस शिर्षकमा हाल सम्म कूल.२३,१५,१७,८३२।–बचत रहेको छ ।
- २ ) दैनिकी वचत खाता: यो वचत सदस्यरुको निम्ती र स्वयं सहकारीकै निम्ती एकदमै महत्वपूर्ण वचत हो । यस शिर्षकमा सदस्यहरुले १ वर्षदेखि ५ वर्षसम्म आफ्ले ईच्छयाएको मिती सम्म दैनिकीरुपमा तोकीएको रकम जम्मा गर्दछन । र १ वर्ष भए १ वर्षको समय पछि वा अरु वर्ष भए अरु वर्षको समय पछि मात्रै वचतकर्ताले आफ्नो रकम निकाल्न सक्नेछन । यस वचतमा न्युनतम ८ देखि अधिकतम १२ प्रतिशत सम्म व्याज पाउँदछन । यस शिर्षकमा हाल सम्म ३,७२,५९,५७९ कूल बचत रहेको छ ।
- ३ ) खुत्रुक्के वचत खाताः यो वचतमा पनि १ वर्ष देखि ५ वर्ष सम्मको वचत समयावधि हुन्छ । यसमा न्युनतम ८ प्रतिशत देखि अधिकतम १२ प्रतिशत सम्मको व्याज दिईने छ । र यस शिर्षकमा हाल रु २,०३,२४,७९४ । बचत रहेको छ ।
- ४ ) आवधिक वचत खाता: जसलाई मुद्यति खाता पनि भनिन्छ । यसमा पनि न्युनतम ८ प्रतिशत देखि अधिकतम १२ प्रतिशत सम्मको व्याजदर पाउनेछन । यस वचत खातामा तोकिएको समयावधिको समाप्ती पछि मात्रै वचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाउने छन ।
- ५ ) बाल वचत खाता: यसमा पनि अन्य वचत खाताको झैं वचतकर्ताले न्युनतम ८ प्रतिशत देखि १२ प्रतिशत सम्मको व्याजदर पाउनेछन र वचत खातामा जव नावालक सावालक हुन्छ तब मात्र रकम निकाल्न पाउने छन । र यस शिर्षक मा रु ८०४,८३५ वचत भएको छ ।
- ६ ) महिला समुह वचत खाता : महिलाहरुको समुह वनाई महिलाहरुलाई जागरुक गर्न र स–साना घरखर्च पुरुषको मुख नताकी आफैले खर्च टार्न सकुन भन्ने हेतुले खोलिएको वचत खाता हो । यसमा ८ प्रतिशत ब्याज पाउछन । यस खातामार्फत महिला समुहले आफुलाई आवश्यक परेको बेलामा सरल व्याज दरमा शुलभ तरिकाबाट क्रृण लिन सक्ने छन् । हालसम्म यस वचत खातामा रु २,०७,११,४०० वचत भएको छ ।
यस संस्थाले तरकारी खेति कृषकहरुको लागि सहुलियत दरमा क्रृण लगानी गर्दै आएको छ भने संस्थाको आफ्नै गोदाम र ५००० मे.ट. क्षमता भएको र ४००० ली. को चिस्यान भ्याट पनि छ किसानवाट उत्पादित तरकारी, फलफुल, दुध र यसका परिकारहरु गोदाममा राख्ने वा चिस्यानकेन्द्रमा राख्ने अवस्थाहेरी संचय गरिन्छ ।
आवश्यक अनुसार कृषकलाई विउ,मल किटनाशक औषधि र खनजोतको लागि ट्रयाक्टरको पनि व्यवस्था गरेको छ ।
मुलत दुग्ध विकास र यसवाट बन्ने परिकार का निम्ती परिचित यस सहकारीले १००० जना किसान बाट दुग्ध खरिद गर्दै आएको छ । यसो हुँदा त्यहाँको किसानलाई पनि उत्पादित दुध कहाँ वेच्ने उचित भाउ पाउने की नपाउने भन्ने झण्झट बाट मुक्ति मिलेको मात्र छैन यस संस्थाले पशुपालकलाई आवश्यक खाद्य पदार्थ जस्तै ः चोकर , गाईको दाना , मकैको पिठो आदि सामान उपलब्ध पनि भएको छ । यस सहकारीको आफ्नै डिपार्टमेण्ट स्टोर छ । जहाँ यस संस्था वाट उत्पादित दुग्ध जन्य परिकारहरु दहि, घिऊ, नौनी, पनिर, छुर्पि, चिज र ललिपप को अल्लवा अन्य मानवउपयोगि खाद्यन्न लगाएत आवश्यक उपभोग्य बस्तुहरु सुपथ मूल्यमा पाईन्छ । यस सहकारीबाट उत्पादित दुग्ध र दुग्धजन्य परिकारहरु अखाध्य पदार्थ मिसावट रहित, शुद्ध स्वदिलो र स्वस्थकर भएकोहुनाले स्थानियस्तरमा नै निकै यसको माग बढेको छ । यस सहकारीले दूग्धको परिकार वनाईसके पछि उग्रेको दुध अन्यन्त्र को बजारमा लगेर बेच्ने गरेको छ । यस सहकारीले दैनिक १००० लि. दुग्ध विक्री गर्दै आएको छ ।
यस सहकारीको आगामी योजनाहरु :
निकट भविश्यमा अर्को नर्या ट्याक्टर थप्ने , हाल भएको १ तल्ले डिपार्टमेन्टलाई प्रत्येक वर्ष एक एक तल्ला थप गर्दै ४ वर्ष भित्रमा ५ तलाको बनाउने काम माथिल्लो १ तथा तयारी अवस्थामा पुगेको हुदा अव निकट भविश्यमानै माथिल्लो तामापनि कारोबार संचालन गर्ने जानकारी गराउदछु । वेरोजगार जनशक्तिलाई रोजगार प्रदान गर्ने जस्ता योजना र सहकारीलाई नाफा मुखि नबनाई सेवा मुखि बनाउने उद्धेश्य रहेको छ यस सहकारीको मुख्य नारा रहेको छ ।
कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखि अझ अर्गानिक तरकारी , फलफुल , शुद्ध दुग्ध र दुग्ध जन्य परिकारको बृद्धि गरि मुलुकलाई नै दूग्ध र यसवाट बन्ने परिकारको आत्मनिर्भर बनाउदै देशको अर्थतन्त्र बाहिर जानवाट रोकी आम नेपाली नागरिकमा भरपर्दो र विश्वासिलो सहकारी बनोस यहि छ हाम्रो शुभकामना ।