• 031-550144
  • Fattepur, Saptari

Deposit Services

Our Deposit Services

साधारण बचत खाता

यस बचत खतामा बचतकर्ता शेयर सदस्यहरुले आफुसंग भएको रकम जुनसुकै समयमा पनि बचत गर्न सक्नु हुनेछ र भुक्तानीको लागी आवश्यक परेको समयमा कार्यालय खुल्लेको बेला आफ्नो रकम झिक्न सक्नुहुने छ ।

दैनिक बचत खाता

यो बचत सदस्यहरुको निम्ती र सहकारीको निम्ती एकदमै महत्वपूर्ण बचत हो । यस शिर्षकमा सदस्यहरुले १ वर्ष देखि ३ वर्ष सम्म आफ्नो इच्छाअनुसारको समय सिमा भित्र दैनिकी रुपमा तोकिएको रकम जम्मा गर्नुहुनेछ । तोकिएको समय सिमा पुराएपछि मात्र बचतकर्ताले आफ्नो बचत रकम निकाल्न सक्नुहुनेछ ।

खुत्रुके बचत खाता

यो बचत खातामा शेयर सदस्यहरुले १ वर्ष देखि ३ वर्ष सम्म भाखा राखी खाता खोल्न सक्नुहुने छ । यो बचत खाताको रकम जम्मा गर्न सदस्यहरु कार्यालयमा आईरहनु पर्ने छैन संस्थाबाट कर्मचारी प्रत्येक महिनाको २५ गते देखि मसान्त सम्म सदस्यको घरमानै गएर बचत रकम उठाएर कार्यालयमा ल्याई बचत जम्मा गरिदिने खाताको । यो खाताको रकम सदस्यहरुले आफुले खाता खोल्दा राखेको समय सिमा पुराएपछि जुन सुकै समयमा पनि रकम निकाल्न सक्नुहुने छ ।

आवधिक बचत खाता

यस वचत खातामा तोकिएको समयावधिको समाप्ती पछि मात्रै वचतकर्ताले जम्मा गरेको रकम निकाल्न पाउने छन ।|

समूह बचत खाता

महिलाहरुको समुह वनाई महिलाहरुलाई जागरुक गर्न र स–साना घरखर्च पुरुषको मुख नताकी आफैले खर्च टार्न सकुन भन्ने हेतुले खोलिएको वचत खाता हो ।

हितकोष बचत खाता

सदस्यहरुले यस प्रकारको बचत खाताबाट सरल रूपमा लाभ लिन सक्नेछन |

बाल बचत खाता

संस्थाले आफ्ना शेयर सदस्यहरुको बालबालिकाको जन्म भएपछि उनिहरुको शिक्षा, विवाह वा अन्य कार्यमा सहज होस भनी बालबचत खातको सुरुवात गरेको छ । यो खाताबा शेयर सदस्यहरुले हाम्रो रितीरिवाज परम्परा अनुसार बच्चको नाउमा विभिन्न प्रकारका पैषा आउने गर्दछन् जस्तै दशै, तिहार, जन्म दिन काही कतै मामली बाट बच्चको नाउमा अरुकसैले दिएको पैषलाई संरक्षण गरी तो बच्चाको नाउमा जम्मा गर्दा मात्र पनि उ साबालक हुनेजेल सम्ममा केही रकम जम्मा हुने भएकोले यो बचत खाता संस्थाले संचालन गरी आएको छ । यो खाता खोल्दा शेयर सदस्य परिवा भित्र बच्चा जन्मीएको ३५ दिन भित्र जन्मदार्ताको फोटोकपी र शेयर सदस्य अभिभावकको नागरिकताको फोटोकपी, २ थान फोट लिएर संस्थामा आएको खण्डमा संस्थाको तर्फबाट सुरुमा रु. ५०० को खाता खोली जम्मा गरी उसको पासबुक दिने छ ।

शेयर बचत खाता

शेयर बचत खाता संस्थामा शेयर सदस्य भएपछि मासिक रुपमा आफु शेयर सदस्यरहुन्जेस सम्मा न्यूनतम २०० देखि अधिकतम ५००० सम्म जम्मा गर्नु पर्ने खाता हो । यो खाताको रकम शेयर सदस्यले आफु शेयर सदस्य रहुन्जेल सम्म जम्मा गर्नु पर्ने हुन्छ । यस खातामा संस्थाले संचालन गरेको बचत खाताहरु मध्ये सबै भन्दा बढी ब्यज दिने गरेको छ । यो बचत शेयर सदस्यहरुको बृद्ध अवस्थाको एउटा साहारा बनोस भनी संस्थाले संचालन गरी आएको छ ।